फिफा विश्वकप फुटबल: इङ्ग्ल्यान्ड र बेल्जियम प्रि-क्वार्टरफाइनलमा
थानकोट ।
इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति अमेरिकाको अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा डीआर कंगोलाई २-१ गोलले पराजित गरेर इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।
इङ्ग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले १-० गोलले पछाडि परेको आफ्नो टोलीलाई अन्तिम समयमा दुई गोल गरेर विजयी गराए । केनले खेलको ७५ र ८६औँ मिनेटमा गोल गरेका थिए ।
त्यसअघि डीआर कंगोका ब्रायन सिपेन्गाले सातौँ मिनेटमा गोल गरेका थिए ।
अब इङ्ग्ल्यान्डले क्वार्टरफाइनलमा पुग्नका लागि आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान सकिएको खेलमा सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको सियातलमा भएको रोमाञ्चक खेलमा सेनेगललाई ३-२ गोलअन्तरले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ अर्थात् प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयको अन्तिममा पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमले ३-२ को रोमाञ्चक जित निकालेको हो।
प्रतियोगिताअन्तर्गत अहिले आयोजक अमेरिका र बोस्निया हर्जगोभिनाबीच खेल जारी छ ।









