पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थ श्रेष्ठ नियुक्त
थानकोट ।
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठलाई नियुक्त गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिएका छन्।
यससँगै कोषको कोषाध्यक्षमा गंगासागर बानियाँ नियुक्त भएका छन्।
त्यसैगरी, केदारमान भण्डारी, रूपा शाही बाँस्तोला, राम सोभित नायक र संगीताकुमारी रामलाई कोषको सदस्यको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।









