सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार (असार २२) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम छ । .

आइतबार (असार २१) छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ५८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *