अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडक खण्ड रातकाे समयमा बन्द नहुने
थानकोट ।
वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडक खण्डमा रातकाे समयमा यातायात सेवा बन्द नहुने भएको छ ।
निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा गाडी आवागमनमा रोक लगाइने निर्णय भएको थियो ।
सडक खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द भएको थियो ।
केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथोकीले बताए ।
अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ ।









