शेरबहादुर देउवाका पुत्र जयविरलाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन सम्पत्ति शुद्धीकरणको पत्र

Thankot Times

थानकोट ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयविर सिंह देउवालाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन पत्र काटेको छ । जयविर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् ।

सम्पत्ति शुद्धीकरण कसुरको जाँचवुझ/अनुसन्धानका लागि बाटो म्यादबाहेक एक हप्ताभित्र विभागको कार्यालय हरिहर भवन, ललितपुरमा उपस्थित हुन भनिएकाे छ ।

बयानका लागि नआए कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

बूढानीलकण्ठस्थित खण्डहर बनेको देउवा निवासमा विभागले सूचना टाँसेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *