खानेपानीको ट्यांकीभित्र एक पुरुष मृत भेटिए

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका खानेपानी लिटिडेटको बाँसबारी प्रशोधन केन्द्रको पानी ट्यांकीभित्र एक पुरुष मृत भेटिएका छन् ।

काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित रहेको उक्त केन्द्रको पानी ट्यांकीमा मंगलबार एक पुरुष व्यक्ति मृत भेटिएका हुन् ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छैन् ।

उनी अन्दाजी ३५ वर्षको रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *