गजुरीमा साढे ७ किलो गाँजासहित एक युवक पक्राउ

Thankot Times

थानकोट ।

धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारबाट ७ किलो ४१० ग्राम लागू औषध गाँजासहित एक युवक पक्राउ परेका छन्।

प्रहरी टोलीले सवारी साधन चेकजाँचका क्रममा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९८५ नम्बरको ईभी माइक्रो बसमा सवार गजुरी गाउँपालिका-६ गेदेका २० वर्षीय प्रमोद अधिकारीलाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अधिकारीले बोकेको झोलाको खानतलासी गर्दा पहेँलो प्लास्टिक टेपले बेरिएका सात वटा पोकाभित्र ७ किलो ४१० ग्राम गाँजा फेला परेको थियो।

पक्राउ परेका अधिकारीविरुद्ध लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ