आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको कीर्तिपुरको बर्न अस्पतालमा निधन

Thankot Times

थानकोट ।

आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेश मण्डलको उपचारका क्रममा निधन भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको गएराति निधन भएको हो ।

अस्पताल प्रशासनका अनुसार गएराति २ बजेतिर उनको निधन भएको हो ।

विवेकले गत शुक्रबार एक्कासि आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

उनको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दु:ख व्यक्त गरेका छन् । सिंहले अथक प्रयासका बाबजुद मण्डललाई बचाउन नसकिएको बताएका छन् । ‘विवेक मण्डललाई बचाउन मेरो व्यक्तिगत, सरकार र डाक्टरहरूले कुनै कसर बाँकी राखेको थिएन । अथक प्रयासका बाबजुद उनको निधन भएको छ, उनको दु:खद र असमायिक निधनप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, सिंहले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *