तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउन सरकारी कर्मचारीलाई निर्देशन

Thankot Times

थानकोट ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रको पत्रका आधारमा सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै राष्ट्रसेवक निजामती कर्मचारीले नेपाल सरकारले निर्धारण गरेको किसिम र रङको पोसाक तथा सम्बन्धित कार्यालयबाट जारी परिचयपत्र अनिवार्य रूपमा लगाउने व्यवस्था गर्न आग्रह गरेको हो।

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक निकायमा कार्यरत कर्मचारीको पोसाक र परिचयपत्रको प्रभावकारी पालना गराउन परिपत्र गर्न अनुरोध गरेपछि मन्त्रालयले सोहीअनुसार निर्णय गरी निर्देशन जारी गरेको जनाएको छ।

मन्त्रालयले कार्यालय समयमा कर्मचारीको पोसाक तथा परिचयपत्र प्रयोगको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *