नागढुंगा सुरुङमा रन एन्ड वाक
थानकोट ।
नागढुंगा-सिस्नेखाला सुरुङमार्गमा आज ‘नागढुंगा टनेल फन रन एन्ड वाक’ आयोजना गरिएको छ ।
निर्माण सम्पन्न भएको करिब एक वर्षपछि आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा आउन लागेको सुरुङमार्गमा बिहान दौडको कार्यक्रम आयोजना गरिएको हो ।
विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले सञ्चालनमा आउन ढिलाइ भएको सुरुङमार्ग अब चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ ।
सडक विभाग र जाइकाको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो । सुरुङमार्गको औपचारिक उद्घाटन साउन ११ गते गर्ने तयारी छ । उद्घाटन कार्यक्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका शुल्क निर्धारण भइसकेो छ ।
जसअनुसार सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
मिनीबस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले भने सुरुङमार्ग प्रवेश पाउने छैनन् ।










