बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने

Thankot Times

थानकोट ।

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमालेको बागमती प्रदेश संसदीय दलले पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो ।

त्यस अघि एमाले केन्द्रले प्रदेशलाई मन्त्रीहरूको राजीनामाका लागि निर्देशन दिएको थियो । बागमतीमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन् ।

बागमतीमा एमालेको तर्फबाट ६ जना मन्त्री छन् ।

१४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्दै शुक्रबार (साउन १ गते) मुख्यमन्त्री बानियाँले ६ जना मन्त्रीलाई विना विभागीय बनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *