नेपाली बजारमा सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

हिजो मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४८० रुपैयाँ निर्धारण भएको छ ।

हिजो प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदीको भाउ ४ हजार ३७० रुपैयाँ निर्धारण भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *