पुँजी बजार, धितोपत्र र बिमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग  छलफल गर्ने भएका छन् ।

मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुनेछन् ।

बैठकमा नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ तथा प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि बैठकमा सहभागी हुने प्रधानमन्त्रको सचिवालयले जनाएको छ ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *