प्रहरी निरीक्षक राउत उत्कृष्ट ट्राफिक प्रहरी घोषित
थानकोट ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण राउत उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन कन्टेन क्रियशन, सोसल मिडिया ह्यान्डलिङ, अपरेसनल म्यानेजमेन्ट, कार्ययोजना निर्माण तथा कार्यान्वयन, गुनासो व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सेवाग्राहीप्रति सरल, सभ्य, शिष्ट र उत्तरदायी व्यवहार प्रदर्शन गर्दै सडकमा उत्पन्न हुने विभिन्न ट्राफिक समस्या तथा चुनौतीहरूको समयोचित, समन्वयात्मक र परिणाममुखी ढङ्गबाट समाधान गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै आफूलाई दिईएको जिम्मेवारी अनुशासित भई त्रुटिरहित ढंगबाट पारदर्शी रुपमा सम्पन्न गरे बापत प्रहरी निरीक्षक राउतले असार महिनाका लागि सम्मान पाएका हुन् ।
उनलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुरेश प्रसाद काफ्लेले शुक्रबार एक कार्यक्रमबा बीच सम्मानित भएको प्रमाणपत्र वितरण गरेका छन्।
प्रहरी कर्मचारीहरुको मनोबल बढाउन कार्यालयले मासिक रुपमा उत्कृष्ट कर्मचारी चयन गर्दै आएको छ।










