मत्स्यनारायण मन्दिर क्षेत्र विकास समिति गठन हुँदै, प्रस्तावना नगर कार्यपालिकाको टेबलमा (भिडियोसहित)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित प्रसिद्ध तीर्थस्थल मत्स्यनारायण क्षेत्रको व्यवस्थापनका लागि स्थायी समिति गठन हुने भएको छ । उक्त समिति गठनका लागि कार्यविधि तयार गरि नगरपालिकाको कार्यपालिकामा स्वीकृतिका लागि पेश गरिएको वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

पूर्वाधार निर्माण, मन्दिर व्यवस्थापन, मेला व्यवस्थापन लगायतका कार्यका लागि सो स्थायी समिति गठन हुन लागेको हो । जसमा करिब २० जना सदस्य रहने बताइएको छ ।

गत जेठ महिनामा सञ्चालन भएको पुरुषोत्तम मास मेलामा भएको आम्दानी र खर्च विवरण शनिबार (साउन २) सार्वजनिक गर्ने कार्यक्रममा वडाध्यक्ष अधिकारीले उक्त समिति गठनका बारेमा भइरहेको कार्यप्रगतिको जानकारी दिएका हुन् । पछिल्लोपटक सम्पन्न मेलामा ४२ लाख २७ हजार ५ सय ९५ रुपैयाँ आम्दानी भएको बताइएको छ । यस्तै, विविध शीर्षकमा १५ लाख ७० हजार १ सय ७७ रुपैयाँ खर्च भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *