युवाहरूका लागि लक्षित गर्दै चन्द्रागिरिमा विपद् उद्धार तथा राहतसम्बन्धी प्रशिक्षण

Thankot Times

थानकोट ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटीको आयोजनामा शनिबार (साउन २ गते) विपद् उद्धार तथा राहतसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

विपद्का बेला खोज तथा उद्धार, प्राथमिक उपचार र राहत व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा नेपाल स्काउट र फायर फाइटर संघले प्राविधिक सहकार्य गरेको थियो।

कार्यक्रममा युवा स्वयंसेवक, सामाजिक अभियन्ता तथा विपद् व्यवस्थापनमा रुचि राख्ने स्थानीयको उल्लेखनीय सहभागिता रहेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए ।

प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिम बढ्दै गइरहेका बेला समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्न यस्ता तालिम प्रभावकारी हुने उनको विश्वास थियो ।

प्रशिक्षणमार्फत सहभागीहरूलाई विपद्का समयमा अपनाउनुपर्ने सुरक्षा उपाय, उद्धार प्रक्रिया, प्राथमिक उपचार तथा राहत व्यवस्थापनका विषयमा व्यवहारिक अभ्याससमेत गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उत्तमबहादुर राउतले विपद् व्यवस्थापनमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिमले समुदायलाई सुरक्षित र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *