नागढुङ्गाबाट समातिए ३६ वर्षीय युवा, अनुसन्धान जारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १७ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खोटाङ रावा बेसी गाउँपालिका-४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










