नागढुङ्गानजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दियो, मोटरसाइकल चालकको अवस्था गम्भीर

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्कानजिकै शुक्रबार बिहान सडक दुर्घटना भएको छ ।

काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको गरेको ट्रकले काठमाडाैंतर्फ आउँदै गरेको ग २३ प १३४ नम्बरको रातो-कालो रङ्गको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा माेटरसाईकल चालक गम्भीर घाइते भएका छन् ।

घाइतेकाे पहिचान हुन बाँकी रहेको बताइएको छ ।

यस बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ