पत्रकार किशोर श्रेष्ठ पक्राउ, आज अदालतमा पेश गरिने

Thankot Times

थानकोट ।

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई आज बिहीबार अदालतमा पेस गरिने भएको छ ।

हिजो (बुधबार) ललितपुरबाट पक्राउ परेका उनालाई आज अदालतमा पेस गरिन लागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाले श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको जानकारी दिए ।

उनले भने,  ‘श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो । बिहीबार अदालतमा पेस गर्छौं ।’

जनआस्थाले हालै सत्ताधारी रास्वपाका एक सांसदको युवतीसँगको अन्तरंग तस्वीर सार्वजनिक गरेको थियो । सोही विषयमा प्रहरीमा उजुरी परेपछि श्रेष्ठ पक्राउ परेका बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *