बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा दोषी ठहर भएका फरार गणेश पक्राउ

Thankot Times

थानकोट ।

बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १२ वटा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ललितपुरको बालकुमारीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१० बालकुमारी बस्दै आएका ३३ वर्षीय गणेश भण्डारी रहेका छन् ।

भण्डारीविरुद्ध दुई करोड ६५ लाख ३४ हजार ९५८ रुपैयाँ बिगो दाबी गरिएका बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १२ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ ।

अदालतको फैसलाअनुसार उनलाई १६ दिन कैद र एक करोड ५८ लाख ५४ हजार ६३० रुपैयाँ जरिवाना तोकिएको छ । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *