वर्तमान सरकारलाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले भने- यी बारुलासँग म डराउँदिनँ

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनेकै दिन आफूलाई पक्राउ गर्ने निर्णय गरिएको दाबी गरेका छन् ।

शनिबार नगरकोटमा आयोजित पार्टीको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै ओलीले रातभर तयारी गरेर बिहानपख आफूलाई गिरफ्तार गरिएको बताए ।

आफूले विगतमा अनेकौँ चुनौती र राजनीतिक दबाब सामना गरिसकेको उल्लेख गर्दै ओलीले पक्राउ वा कारबाहीबाट आफू नडराउने संकेत गरे ।

‘उसलाई थाहा छ, मैले यस्ता बारुला मात्रै होइन, कति अरिङ्गाल, कति बच्छ्यूँ खाएको छ । त्यसकारण म यी बारुलासँग म डराउँछु भन्ने कुरा उनीहरूलाई पनि थाहा छैन,’ उनले भने ।

ओलीले आफूलाई पक्राउ गरिएको विषयलाई राजनीतिक प्रतिशोधसँग जोड्दै आफूलाई दबाबमा पारेर कमजोर बनाउन खोजिए पनि त्यसबाट आफू नडराउने सन्देश दिएका छन् ।

ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति तीव्र असन्तुष्टि जनाउँदै राज्यशक्तिको दुरुपयोग गरेर आफूअनुकूल व्यक्तिलाई लक्षित गर्ने काम भइरहेको आरोप लगाए । ओलीले कसैलाई पाता कस्न, कसैलाई जेल हाल्न, बदनाम गर्न तथा कसैको सम्पत्तिमा आँखा लगाएर जफत गर्नेसम्मका गतिविधि भइरहेको दाबी गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ