एनसेलका सीईओ माइकलले दिए राजीनामा
थानकोट ।
एनसेलका सीईओ माइकल प्याटरिक फोलेले कम्पनीबाट राजीनामा दिएका छन् ।
उनले भदौ ९ गतेदेखि नै लागु हुनेगरी राजीनामा दिएका हुन् ।
उनको राजीनामाका सम्बन्धमा दूरसञ्चार प्राधिकरणलाई जानकारी गराइएको छ ।
नयाँ सीईओ नियुक्त नभएसम्मका लागि अन्तरिम व्यवस्थाका लागि कम्पनीको कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठलाई अख्तियारी दिइएको एनसेलले जनाएको छ ।










