रसुवा बाढी घटनाको आज १३औं दिन, देशभर राष्ट्रिय शोक

Thankot Times

थानकोट ।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएकाहरूको सम्मान आज सोमबार देशभर राष्ट्रिय शोक मनाइँदै छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले भदाै १० गते बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्मान राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

सरकारले आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यही १० भदौमा रसुवाको भोटेकोसी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीमा परेर अहिलेसम्म १ हजार ३३९ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी मानिस बेपत्ता छन् ।

बाढीले ठूलो भौतिक क्षति पनि गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा अझैपनि खोज तथा उद्धारको कार्य जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *