प्रधानमन्त्री राहत काेषमा कांग्रेसकाे एक कराेड रुपैयाँ सहयाेग

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

पार्टी महामन्त्री प्रदीप पौडेलसहितको टोलीले आज सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो ।

भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेलाई बाढी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको महामन्त्री पौडेलले बताए ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढीबाट क्षतिग्रस्त भएका जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको अवस्थाबारे जानकारी गराउन सरकारकाे ध्यानाकर्षण गराइएकाे जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *