आज नेपाली बजारमा सुनचाँदीको भाउ घट्यो

Thankot Times

थानकोट ।

आज सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

आइतबार र सोमबार लगातार दुई दिन घटेकोमा हिजो सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँले बढेको थियो ।

हिजो भाउ बढेर तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको सुनको भाउ आज घटेर तोलाको ३ लाख २ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यसअघि हिजो चाँदी तोलामा १०० रुपैयाँले बढेर तोलाको ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमबार र आइतबार पनि चाँदीको भाउ घटेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *