प्रधानसेनापति सिग्देल चीन प्रस्थान
थानकोट ।
प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
चीन सरकारको निमन्त्रणामा प्रधान सेनापति सिग्देल ३ असोजसम्म चीनको औपचारिक भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ ।
भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ ।
भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए । त्यसअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मान गारत अर्पण गरेको थियो ।










