भोलि शनिबार थानकोट वरपरका क्षेत्रमा बिहान १० बजेदेखि ६ घण्टा बिजुली अवरुद्ध हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा भोलि शनिबार ६ घण्टासम्म बिजुली सेवा अवरुद्ध हुँदैछ ।

नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार मातातिर्थ फिडरअन्तर्गत चेकपोस्टस्थित वडा कार्यालय क्षेत्रदेखि त्रिभुवन पार्क सम्मको क्षेत्रमा हाइटेन्सन लाइनको कन्डक्टर स्तरोन्नति गर्ने कार्यका लागि शनिबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उक्त फिडर सटडाउन हुनेछ ।

जसका कारण चेकपोष्ट, त्रिभुवन पार्क, घुमाउने, पानीघाट, गोदाम स्थित ब्यारेक क्षेत्र, थानकोट सिलाफल, मंगलोदय मावि, माटिखेल, बसुन्डोल, टोटीटोल, नागढुङ्गा, मसिने, इन्द्रस्थान, आँपचौर, महेशफाँट लगायतका क्षेत्रमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बिजुली सेवा अवरुद्ध हुनेछ ।

साथै पूर्वनिर्धारित उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ