नेपाली बजारमा सुनको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ कायम भएको छ ।
बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी प्रतितोला २ सय ५५ रुपैयाँले घटेको हो ।
बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।










