काठमाडौंको जडीबुटीमा भयानक दुर्घटना, मोटरसाइकलमा सवार महिलाको मृत्यु (भिडियो)

Thankot Times

थानकोट ।

काठमाडौँबाट जडीबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिसाबाट आइरहेको टयांकरले ठक्कर दिँदा मोटरसाइकल चालक एवं कार्कीका श्रीमान काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका थिए ।

 ट्यांकर चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यस बारेको भिडियो हेर्न यो लिंकमा जानुहोस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *