चन्द्रागिरिका अधिकांश क्षेत्रमा भोलि मध्यान्ह ३ घण्टा बिजुली सेवा अवरुद्ध हुने तालिका

Thankot Times

थानकोट ।

चन्द्रागिरिका अधिकांश क्षेत्रमा भोलि शनिबार मध्यान्ह १२ बजेदेखि ३ घण्टासम्म बिजुली सेवा अवरुद्ध हुने तालिका सार्वजनिक भएको छ।

नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार शनिबार मध्यान्ह १२ बजेदेखि अपरान्ह ३ बजेसम्म चन्द्रागिरि नगर क्षेत्रका विभिन्न स्थानमा बिजुली सेवा अवरुद्ध हुनेछ ।

कार्यालयका अनुसार थानकोट फिडरअन्तर्गत पर्ने ढुङ्गाअड्डा क्षेत्रमा हाइटेन्सन लाइनहरू लत्रिएपछि सो हाइटेन्सन लाइन उकास्नका लागि फिडर नै बन्द गर्न लागिएको हो ।

जसका कारण कलंकीस्थित एलआरआइ स्कुल, भट्टराइ प्लटिङ, कालिका मन्दिर, सान कलेज, बालकुमारी, बलम्बुस्थित सशस्त्र प्रहरी ब्यारेक क्षेत्र, सानो मन्दिर, यातायात कार्यालय, दुरसञ्चार, दाउरा डिपो, हाइभीजन, किसिपिडी, नेपाल आयल निगम, पशु विकास कार्यालय, सृजना चोक, श्रीकृष्ण मावि, चुनदेवी, दहचोक, खहरे, गोकुलपाटी लगायतका क्षेत्रमा विद्युत सेवा बन्द हुनेछ ।

साथै, प्राधिकरणले कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *