आज यी विभिन्न चार प्रदेशमा भारी वर्षा हुन सक्ने पूर्वानुमान

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा रहेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशका तराई भू-भागको थोरै स्थानमा, मधेस प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *