बिहानै दुर्घटनाको खबर, नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु

Thankot Times

थानकोट ।

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व), बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ बस्ने ५० वर्षीय निर्जुङ खत्रीको मात्रै सनाखत भएको छ ।

अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ ।

बसमा चालकसहित १८ जना सवार थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ