तीनथानाको एक पसलमा नक्कली लेबल लगाएर म्याद गुज्रिएका खाद्य सामाग्री बेच्ने दुई जना पक्राउ

Thankot Times

थानकोट ।

म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र नक्कली लेबल लगाएर बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

 पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका-१ घर भई हाल काठमाडौँको तिनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्सा बिन्दावासिनी गाउँपालिका-२ घर भई हाल तिनथाना नै बस्ने ४९ वर्षीय अखिलेस प्रसाद कलवार रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका-१५ तिनथाना उनीहरूले सञ्चालन गरिरहेको सिद्धिविनायक खाद्य स्टोरको स्थलगत अनुगमन गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखी रि-लेबलिङ गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ