आज बिहान १० बजेदेखि चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा घण्टाैं विद्युत सेवा अवरुद्ध हुने
थानकोट ।
आज आइतबार चन्द्रागिरि नगर क्षेत्रका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदैछ ।
नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार ढुङ्गाअड्डा क्षेत्रमा झोल्लिएको तारको हाइटेन्सन कन्डक्टर प्रतिस्थापन गर्ने कार्यका लागि विद्युत सेवा अवरुद्ध हुनेछ । जसका लागगि थानकोट र बलम्बु फिडरहरू बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बन्द गरिनेछ ।
ती फिडर बन्द हुँदा ढुङ्गाअड्डा, तीनथाना, नयाँ नैकाप, बैछाप, विष्णुदेवी मन्दिर, चुनदेवी, सान कलेज, बालकुमारी, सतुगंल चौक, सशस्त्र प्रहरीको अस्पताल क्षेत्र, सीजी डिजिटल पार्क, हरियाली, यातायात कार्यालय क्षेत्र, दाउरा डिपो, पशु विकास कार्यालय, बलम्बु, दुरसंचार, हाईभिजन कोलोनी क्षेत्र, आयल निगम, वाणनस्थली, डम्बु, सिर्जना चौक, कृष्ण मा.वि., खहरे, गोकुलपाटी,कालापानी, चुनदेवी लगायतका ठाउँहरूमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
साथै, प्राधिकरणले निर्धारित कार्य सो अवधि अगावै सम्पन्न भएमा सोही अनुसारविद्युत सेवा सुचारु हुने समेत जनाएको छ ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम गर्न आज आइतबार चन्द्रागिरि नगर क्षेत्रका केही स्थानमा विद्युत् कटौती हुँदैछ ।
प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गत गुर्जुधारा क्ष्रेत्रमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
मौसम प्रतिकूल भएमा भने निर्धारित विद्युत् कटौती नगरिने प्राधिकरणको भनाइ छ।
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ। भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै सडकमा रहेका तार व्यवस्थापन र सहरी सौन्दर्यमा समेत सुधार पुग्ने प्राधिकरणले जनाएको छ।













