१३ देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदै
थानकोट ।
विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ।
प्रतिनिधि सभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बिहान ११:१५ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी र उनीहरूले पेस गरेका कार्य योजना समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ।
समितिका अनुसार प्रस्तावित १३ राजदूतविरुद्ध कुल ७ वटा उजुरी परेका छन्।
जसमध्ये दुई वटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर हालिएका छन् भने पाँच वटा उजुरी निश्चित प्रस्तावित व्यक्तिहरूलाई मात्र लक्षित गरी परेका छन्।













