हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Thankot Times

थानकोट ।

देशका हिमाली र पहाडी भू–भागका विभिन्न स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

त्यसैगरी, रातिको समयमा देशका हिमाली भू–भागमा आंशिक बदली रहने तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको २०८३ असोज २९ गते बिहीबारको मौसम पूर्वानुमानअनुसार दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

बिहीबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ । त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ