सुनको मूल्य घट्यो

Thankot Times

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ