चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त
थानकोट ।
चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन् ।
पण्डितलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्ड अध्यक्ष पदका लागि ११ जनाले आवेदन दिएका थिए । ती मध्ये पण्डित बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल बोर्ड अध्यक्ष हुँदा पण्डितले बक्सअफिस जडान प्रक्रियामा काम गरेका थिए ।
बक्सअफिस जडान प्रक्रियामा उनले बोर्डमा रहेर काम गरेका थिए ।














