नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा नेपाल टेलिकम ‘अफिसियल पार्टनर’

Thankot Times

थानकोट ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण प्रायोजन गर्ने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा कम्पनीले विगतदेखि नै सहयोग गर्दै आएको बताए । उनले एनपिएलको प्रायोजनले नेपाली क्रिकेटको संस्थागत विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

तेस्रो संस्करणको एनपिएल आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ