नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

आज सुनचाँदीको भाउ बढेको छ ।

सुन आज तोलामा ९०० रुपैयाँले बढेको हो ।

हिजो तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा सुन आज भाउ बढेर तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

हिजो तोलाको ३ हजार ९७० रुपैयाँमा कारोबार भएकोमा चाँदी आज तोलामा ३ हजार ९८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *