नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज हुने भएको छ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथमा बोलाइएको छ ।

कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

उनले केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यलाई शपथग्रहण गराउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *