नेपाली बजारमा सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियाे ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ ।
बुधबार प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको छ ।














