काँग्रेसमा घनश्याम गिरीलाई पराजित गर्दै केन्द्रीय सदस्य बनेका बस्नेतलाई तत्काल शपथ नगराइने

Thankot Times

थानकोट ।

कांग्रेसले अनुसन्धानको दायरामा रहेका चार केन्द्रीय सदस्यलाई आज हुने केन्द्रीय कार्यसमितिको शपथग्रहणमा सहभागी नगराउने भएको छ। विभिन्न अभियोगमा अनुसन्धान चलिरहेको कारण देखाउँदै उनीहरूलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो।

शपथ लिन नपाउनेमा सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादव छन्। यीमध्ये चालिसे, बस्नेत र यादवको नाम केन्द्रीय सदस्यमा निर्वाचित भएको सूचीमा आइसकेको छ।

खड्काको भने निर्वाचन परिणामसमेत सार्वजनिक गरिएको छैन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज दिउँसो २ बजेका लागि तय गरिएको छ। सभापति गगन थापाले यसअघि नै असोज ३१ गते सभापतिको शपथ लिइसकेका छन्।

आज वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित निर्वाचित केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् ।

असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *