कलंकीस्थित शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभाग डा. कैलाशले सम्हाल्ने

Thankot Times

थानकोट ।

एमको नेपालद्वारा सञ्चालित कलंकीस्थित १ सय शय्याको शहीद मेमोरियल अस्पतालमा अर्थोपेडिक्स विभागको नेतृत्व वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. कैलाशकुमार भण्डारी गर्ने भएका छन् ।

डा. भण्डारी नेतृत्वको अनुभवी र सशक्त अर्थोपेडिक्स टिमले अस्पतालबाट सेवा प्रवाह गर्न सुरु गरेको छ ।

अस्पतालको अर्थोपेडिक्स विभागको नेतृत्वमा आएका डा. कैलाश नेपाल अर्थोपेडिक्स अस्पतालका पूर्व मेडिकल निर्देशक तथा वरिष्ठ अर्थोपेडिक्स सर्जन हुन् ।

उनको इलिजारोभ प्रविधि र लिम्ब रिकन्स्ट्रक्सन तथा हड्डीको विकृति सुधार सम्बन्धी शल्यक्रियामा विशेष अनुभव छ।

डा. कैलाशसँगै शहीद मेमोरियल हस्पिटलको अर्थोपेडिक विभागमा हाडजोर्नी, मेरुदण्ड, जोर्नी प्रत्यारोपण, हातको शल्यक्रिया, डिफरमेटिभ करेक्सन सर्जरी तथा लिम्ब रिकन्स्ट्रक्सनलगायतका विशिष्टीकृत उपचार सेवा प्रदान गर्ने विशेषज्ञ चिकित्सकहरूको टिम आबद्ध भएको छ ।

जसमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. सुजन मान सिंह, डा. अनिल घिमिरे, डा. अनिल ज्ञवाली र डा. बिजेन्द्र डंगोल रहेका छन् । कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. सिंहको अर्थोप्लास्टि र अर्थोस्कोपिक सर्जरीमा विशेष दख्खल छ ।

यस्तै, एसोसिएट प्रोफेसर डा. घिमिरे वरिष्ठ अर्थोपेडिक्स एण्ड स्पाइन सर्जन हुन् । यसैगरी, डा. ज्ञवाली वरिष्ठ अर्थोपेडिक्स एण्ड ह्याण्ड सर्जन हुन् भने डा. बिजेन्द्र डंगोल वरिष्ठ अर्थोपेडिक सर्जन हुन् ।

उनीहरु सबै नेपाल अर्थोपेडिक अस्पतालमा पनि आबद्ध छन् ।

अर्थोपेडिक्समा सशक्त टिम आवद्ध भएसँगै शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक विभागमा हड्डी भाँचिने, जोर्नीसम्बन्धी समस्या, मेरुदण्डको समस्या, हात तथा अंगका चोटपटक, डिफरमेटिभ करेक्सन सर्जरी, लिम्ब रिकन्स्ट्रक्सन, जोर्नी प्रत्यारोपण र जटिल शल्यक्रियासम्बन्धी परामर्श तथा उपचार सेवा लिन सकिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) समिर शर्माले जानकारी दिए ।

‘विभिन्न विधाका अनुभवी विशेषज्ञ चिकित्सकहरूको उपलब्धताले हाडजोर्नी तथा मेरुदण्ड सम्बन्धी समस्या भएका बिरामीलाई आवश्यक विशेषज्ञ परामर्श र उपचार सेवा प्राप्त गर्न सहज हुनेछ,’ उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *