आजदेखि सरकारी कार्यालय अब बिहान ९ बजेदेखि ४ बजेसम्म

Thankot Times

थानकोट ।

सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने भएका छन् ।

योसँगै सेवा लिने सेवाग्राहीले अबदेखि सरकारी कार्यालयहरुमा एक घण्टा कम समय पाउने भएका छन् ।

जाडोयाम शुरु भएसँगै सरकारले कात्तिक १६ गते अर्थात आजदेखि सरकारी कार्यालयको दैनिक सञ्चालन समय एक घण्टा घटाएको हो । सरकारले नयाँ समयतालिका सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो ।

यसअघि कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दै आएका थिए । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जाडोयामका लागि कार्यालय समय निर्धारण गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ