बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
थानकोट ।
सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराए ।
शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको साख अभिवृद्धिका लागि निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिए ।
उनले बीमा क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।











