निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

Thankot Times

थानकोट ।

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उनलाई सो पदमा नियुक्त गरेको हो ।

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।

संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन निर्देशन दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *