सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा थानकोटका मोहन डाँगी नियुक्त
थानकोट ।
सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालक नियुक्त गरेको छ।
लघुवित्तको ५१औँ सञ्चालक समिति बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा थानकोटका मोहनलाल डाँगी नियुक्त भएका हुन्।
संस्थाका अनुसार सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने यसअघिका सञ्चालक विनोद तामाङले २०८३ साल असार २ गते राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।
सोही रिक्त पदमा डाँगीलाई नियुक्त गरिएको हो।
संस्थाले सर्वसाधारण शेयरधनीतर्फबाट एक जना र स्वतन्त्र सञ्चालकका रूपमा एक जना गरी दुई जनालाई सञ्चालक समितिमा नियुक्त गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको छ।
विभिन्न संघ संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका र समाजसेवी एवं व्यवसायी पृष्ठभूमी बनाएका डाँगी लामो समयदेखि वित्तिय क्षेत्रमा समेत सक्रिय छन् ।
त्यसैगरी, संस्थाले स्वतन्त्र सञ्चालक पदमा सरस्वती शाहलाई पनि नियुक्त गरेको छ।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त सम्पदा राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको वित्तीय संस्था हो ।










