काठमाडौंमा चर्चित विद्यालयका बसका चालक नै ब्राउन सुगर कारोबारी, चारजना पक्राउ
थानकोट ।
विद्यालयको बसका चालक नै लागुऔषध कारोबारी भएको खुलेको छ।
ललितपुरको जेम्स स्कुलका चालक काभ्रेको मण्डनदेउपुर घर भएका राज रसाइली लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
लागुऔषध अनुसन्धान ब्युरोले उनीसहित चारजनालाई ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा समीर तामाङ, दिनेश वाइबा र कमलेशकुमार साह छन्। उनीहरूको साथबाट लागुऔषसहित दुई लाख ८० हजार रुपैयाँ नगद पनि प्रहरीले फेला पारेको छ।
उनीहरू काठमाडौं उपत्यकालाई लक्षित गरी ब्राउनसुगरको कारोबारमा संलग्न रहेको ब्युरोका एसपी दुर्गाराज रेग्मीले बताए। ब
सचालक रहेका रसाइलीले स्कुलका विद्यार्थीलाई समेत लागुऔषध प्रयोगमा उक्साएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।
स्कुल तहदेखि नै विद्यार्थीहरू लागुऔषधको नसामा फस्ने गरेका छन्।










