काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा

Thankot Times

थानकोट ।

पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयर उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पूर्वमन्त्री श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत काठमाडौंको मेयरमा चुनाव लड्ने घोषणा गरेकी हुन् ।

‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित’, श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा मन्त्री बनेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ